Logo
Logo

ट्याक्सी चालकका मोबाइल लुट्ने गिरोहका तीन जना पक्राउ


567
Shares

काठमाडौं । प्रहरीले ट्याक्सी चालकहरूको मोबाइल लुटपाट गर्दै हिंड्ने समूहका तीन जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुलीको सुनकोशी गाउँपालिका–१ घर भई कोटेश्वरको जडीबुटी बस्ने १८ वर्षीय शिखरजङ थापा भनिने नवराज सुनुवार, धनुषाको तारापटी सिर्सिया गाउँपालिका–६ घर भई बूढानीलकण्ठ बस्ने १८ वर्षकै राजनिष्ट यादव र रौतहटको गरुडा नगरपालिका–२ घर भएका कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर छन् ।

यो समूहले काठमाडौंका विभिन्न स्थानमा ट्यास्की रोक्दै चालकको मोबाइल लुटे भाग्ने गरेका थिए । उनीहरुको साथबाट चोरीका चार थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्