Logo
Logo

क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको निधन


315
Shares

काठमाडौं । विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता पोप फ्रान्सिसको सोमबार बिहान निधन भएको छ । कार्डिनल केविन फेरेलले भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा पोपको निधन भएको बीबीसीले जनाएको छ ।

रोमको स्थानीय समय अनुसार बिहान ७ः३५ बजे पोप फ्रान्सिसको निधन भएको हो । फ्रान्सिसको पूरा जीवन लर्ड र चर्चको सेवामा समर्पित थियो । उनी मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए । लामो समय अस्पतालमा भर्ना भएर हालै घर फर्किएका थिए ।

उनी अमेरिकी महादेश वा दक्षिणी गोलार्धबाट निर्वाचित हुने पहिलो पोप थिए । उनी सन्त पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट सदस्य पनि थिए ।

पोप फ्रान्सिस क्याथोलिक धर्मगुरु तथा रोमको बिशप हुन्, जसलाई विश्वभरका क्याथोलिकहरूका आध्यात्मिक नेता मानिन्छ । उनको वास्तविक नाम जोर्ज मारियो बेर्गोग्लियो हो । उनी सन् २०१३ मार्च १३ मा पोप बनेका थिए । उनी अर्जेन्टिनाबाट आएका हुन् र अमेरिका महादेश तथा दक्षिणी गोलार्धबाट पोप बन्ने पहिलो व्यक्ति हुन् ।

पोप बन्नुअघि उनी अर्जेन्टिनामा एक जेसुइट पादरी थिए र पछि बुएनोस आयर्सका आर्चबिशप बनेका थिए । सन् २०१३ मा पोप नियुक्त भएपछि उनी अमेरिका महादेशबाट पोप बन्ने पहिलो व्यक्ति बने ।

प्रतिक्रिया दिनुहोस्