काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् आइतबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

सोमबार नेप्से परिसूचक ७.७५ अङ्क घटेर २६९८.२८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ०.७६ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अङ्क घटेको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आइतबार ८ अर्ब ४३ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१९ स्टकको ७८ हजार ६७८ पटकको कारोबारमा ८ अर्ब ७७ करोड ५७ लाख २० हजार रुपैयाँबराबरको २ करोड १२ लाख ३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस दिन तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ९।८८ प्रतिशत बढेको छ भने युनिभर्सल पावर कम्पनीको सेयरमूल्य ९.८० प्रतिशत बढेको छ। कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ७.७५ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५३ करोड ९९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, युनिभर्सल पावर कम्पनीको करिब साढे ५२ करोडको सेयर खरिदबिक्री भएको छ भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे ४३ करोडको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ । बढेका उपसमूहहरूको वृद्धिदर १ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत घटेको छ। त्यसैगरी, वित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशत घटेको छ ।











