Logo
Logo

सुनसरीमा सशस्त्रकै सुरक्षामा तस्करी


9.4k
Shares

काठमाडौं । सुनसरीका विभिन्न नाकाबाट संगठित रुपमा तस्करी हुन थालेको छ । विगतमा तीन महिनादेखि एक किलो गाजा र तस्करीका सामान बरामद नहुनुले सुनसरीका सबै नाका तस्करीका लागि स्वर्ग भूमिका परिणत भएका छन् ।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षाका लागि स्थापना गरेको बीओपीकै सामुन्ने तस्करी हुने गरेको स्थानीय व्यापारीहरूले बताएका छन् । सुनसरीका लौकही, श्रीपुर, घुस्की नाकाबाट बढी नै तस्करीका सामानहरू नेपाल आएको व्यापारीहरूको गुनासो रहेको छ ।

स्थानीय बासिन्दाका अनुसार, लौकही, श्रीपुर र घुस्की नाकामा तस्करहरूको चलखेल रातदिन चल्ने गरेको छ । सीमावर्ती क्षेत्रका पगडण्डी बाटाहरूमा भारतीय मालवाहक सवारी आउजाउ गर्छन् । प्रहरी चौकी नजिकैबाट नै अवैध सामानहरू ओसारपसार भइरहेको हुन्छ, तर सुरक्षा बल चुपचाप रहन्छ । ‘बीओपी अगाडि नै मोटरसाइकल, साइकल र ट्याक्टरहरूमा सामान ल्याएर भन्सार छल्ने काम भइरहेको छ। प्रहरीहरू हेर्छन्, तर कारबाही गर्दैनन्’ एक व्यापारीले भने ।

सुनसरी कार्यक्षेत्रमा खटिएका एसपी निर्मलकुमार थापा र लामो समय पूर्वका विभिन्न नाकामा बस्दै आएका डिएसपी केदारजंग थापाको ठूलै सेटिङ रहेको छ । सशस्त्र प्रहरीका डिएसपी थापाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिरका स्थानीय तहसँग स्रोत–साधन जुटाउन पनि खोजेको स्रोतले जनाएको छ । तस्करी बढ्दै गएपछि स्थानीय प्रशासन र सुरक्षा निकायहरूमाथि दबाब बढेको छ ।

लौकही, श्रीपुर,घुस्की नाकाबाट चिनी, मैदा, कपडा, रजनीगन्धा, गुट्खा, मोबाइल, कपडा, मदिरा, पेट्रोललगायत सामग्रीहरू दैनिक रूपमा ओसारपसार हुने गरेको छ । तर, प्रशासनले कुनै ठोस कदम नचालेको स्थानीयहरू बताउँछन् । ‘यत्रो तस्करी हुँदा पनि प्रशासन किन चुप छ? प्रहरी किन कारबाही गर्दैन?” स्थानीय एक व्यापारीले गुनासो गरे । साथै ती व्यापारीले केही महिना यताबाट धनकुटाबाट आउने गाजा बराबद नहुनुमा पनि आश्चर्यचकित परे ।

विशेष गरेर भारतसँग सीमा जोडिएका कोसी प्रदेशको तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रियता बढाउने गरेको भएपनि तीन महिना यता यस्तो गस्तीसमेत नभएको स्थानीयहरुले बताएका छन् ।

सुनसरीको सीमा नाकामा तस्करीका सामान नियन्त्रण गर्ने क्रममा कहिलेकाही सशस्त्र प्रहरी र तस्करबीच घम्साघम्सी पनि हुने गरेको थियो । तर अहिले सशस्त्र प्रहरीकै अगाडी तस्करहरुले आनन्दका साथ सामान लैजाने गरेको ती व्यवशायीको दावी छ ।

ती व्यवशायीका अनुसार सीमा क्षेत्रको दसगजामा तस्करहरुले दिनभरी सामा गोदाममा राख्ने गरेको र रातीभएपछि नेपाल ल्याउने गरेका छन् । रातीको समयमा सशस्त्र प्रहरीले गस्ती गरेझै गरेपनि उल्टै सुरक्षा दिइरहेको ती व्यवसायीको आरोप छ । सुनसरीमै सशस्त्रको बराह बाहिनी भए पनि बाहिनी प्रमुख शम्भु सुवेदी पनि मौन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्