Logo
Logo

१३ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ


1.3k
Shares

हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । ३६ वर्षीय बाबुलाई गत आइतबार पक्राउ गरेर मुद्दा चलाएको छ ।

पीडित बालिकाले घटनाबारे आफ्नो नजिकको आफन्तलाई बताएपछि इलाका प्रहरी कार्यालय पालुङमा उजुरी परेको थियो । बालिकामाथि उनका बाबुले गत कार्तिकदेखि पटक-पटक जर्वजस्तीकरणी गर्दै आएको उजुरीमा उल्लेख छ ।

पीडित बालिकाकी आमाले दोस्रो विवाह गरेर गएपछि उनी बाबुसँग बस्दै आएको प्रहरीले जनाएको छ । आरोपित बाबुलाई हाडनाता बलात्कारमा मुद्दा चलाइएको छ । 

प्रतिक्रिया दिनुहोस्