Logo
Logo

निगमका १४ कर्मचारी कोरोनामुक्त भएर घर फर्किए


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ साउन । कोभिड–१९ संक्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)का १४ उडान कर्मचारी संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना संक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रु मेम्बर उपचारपछि घर फर्किएका हुन् । उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।
विदेशमा अलपत्र नेपाली स्वदेश फर्काउनका लागि भएको चार्टर्ड उडानमा संलग्न ती कर्मचारीमा गत असार २२ गते पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो । करीब दुई सातापछि उनीहरुको पुनः पिसिआर परीक्षण गर्दा नेगेटिभ देखिएपछि आ–आफ्नो घर फर्किएको उनले बताए ।
कोरोना संक्रमण देखिएपछि निगमका उडान कर्मचारीलाई सुरुमा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा दुई दिन र ह्याम्स अस्पतालमा छ दिन राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्