Logo
Logo

आइपीएलमा आज केकेआर र जीटी भिड्दै


252
Shares

काठमाडौं । आइपीएल आज कोलकाता नाइट राइडर्स (केकेआर) र गुजरात टाइटन्स (जीटी) बिच रोमाञ्चक भिडन्त हुँदै छ । खेल ईडन गार्डेन्समा हुने छ । 

गुजरात टाइटन्स यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा छन् । शुभमन गिलको कप्तानीमा टोलीले लगातार जितहरू हासिल गर्दै आएको छ। जोश बटलर, साई सुदर्शन र राशिद खान जस्ता खेलाडीहरूको प्रदर्शनले टोलीलाई मजबुत बनाएको छ ।​

कोलकाता नाइट राइडर्स भने सातौँ स्थानमा छ ।  प्लेअफको आशा जिवित राख्न आजको खेल जित्नुपर्ने दबाबमा छ । 

दुवै टोलीबिच अहिलेसम्म ४ खेल भएका छन् । जसमा गुजरात टाइटन्सले २ खेल जितेको छ ।  कोलकाता नाइट राइडर्सले १ खेल जितेका छ भने १ खेल वर्षाका कारण रद्द भएको थियो ।​ खेल नेपाली समय अनुसार साँझ ७:४५ मिनेटमा सुरु हुने छ । 

प्रतिक्रिया दिनुहोस्