Logo
Logo

दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश


4.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँ सञ्चालित दुई वटा अस्पतालका रोक्का खाताहरू फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपश्चात् आन्दोलनका जनकमाण्डर तोकिएका प्रसाईँ फरार भएपछि उनका व्यक्तिगत खातासँगै वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र विर्तामोडस्थित वाञ्चल क्यान्सर हस्पिटल प्रालिका खाताहरू पनि रोक्का गरिएको थियो ।

तीनकुने घटनामा दुई जनाको मृत्यु हुनुका साथै सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

खाता रोक्काको निर्णयविरुद्ध अस्पतालहरूका तर्फबाट डा.अञ्जली कार्कीले छुट्टाछुट्टै रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै अस्पतालको खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।

रिटमा नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (CIB) लाजिम्पाटसहित क्रमशः १८ र १४ जनालाई विपक्षी बनाइएको छ । साथै सर्वोच्चले खाता रोक्का गर्न निर्देशन दिएका निकायहरूलाई कारण देखाउन आदेशसमेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्