Logo
Logo

पत्रकारिता ऐनाजस्तै सत्य तथ्य देखाउने माध्यम हो :  पूर्वराष्ट्रपति डा यादव


630
Shares

काभ्रेपलाञ्चोक । पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकारिता ऐनाजस्तै सत्य तथ्य देखाउने माध्यम भएको बताएका छन् ।  काभ्रेपलाञ्चोकको फुलबारीमा आज आयोजित नवक्षितिज साप्ताहिकको रजतजयन्तीका अवसरमा उनले लेखन, कला र साहित्य क्षेत्रमा लाग्नेले समाज, राष्ट्र र संसारलाई नै अझ बढी बुझ्ने भएकाले सोहीअनुसार विश्लेषण गरिनुपर्नेमा जोड दिए ।

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा धेरै उपलब्धि भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले व्यवस्था संरक्षणमा लाग्न आग्रह गरे । त्यससँगै नदीनाला, पहाड र चुरे दोहनले जलवायु परिवर्तनका असर देखिरहेकाले त्यसमा पत्रकारिताको माध्यमबाट सचेत गराउन उनले आग्रह गरे । 

पूर्वराष्ट्रपति यादवले नवक्षितिज साप्ताहिकको स्मारिका विमोचन गर्नुका साथै साप्ताहिकका स्तम्भकार प्रल्हाद दाहालद्वारा लिखित ‘अनुभूतिको सङ्गालो’ र दीपा गुरुङद्वारा लिखित कथा सङ्ग्रह ‘कथा काठमाडौँको’ लोकार्पण गरे नवक्षितिज साप्ताहिकका प्रधानसम्पादक नवराज बजगाईँले साप्ताहिक पत्रिकाले २५ वर्ष प्रवेश गर्नु गौरवको कुरा भएको उल्लेख गर्दै यात्रासम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे । 

कार्यक्रममा पत्रिकामा आबद्ध सञ्चारकर्मी अर्विन्द्र गौतमलाई नगद रु २५ हजारसहित सम्मान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्