काठमाडौं । रुपन्देहीको दानव नदीमा बेपत्ता ३ मध्ये एक जनाको शव फेला परेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा सोमबार दिउँसो पौडी खेल्ने क्रममा तीन जना बेपत्ता भएका थिए ।

सो मध्ये १४ वर्षीय राज यादवको शव फेला परेको प्रहरीले जनाएको छ । १३ वर्षीय उमेश यादव, १२ वर्षीय मुनु हरिजन भने डुबेर बेपत्ता भएका थिए ।
बेपत्ता दुई जनाको मङ्गलवार बिहानैदेखि खोजी कार्य गरिने भएको छ । घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौज परिचालन भएको थियो ।











