Logo
Logo

रूपन्देहीको दानव नदीमा बेपत्ता थप २ बालकको शव भेटियो


630
Shares

काठमाडौं । रुपन्देहीको अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थप २ बालकको शव भेटिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२, का १३ वर्षीय उमेश यादव र १२ वर्षका मुनु हरिजनको शव भेटिएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले सोमबार दानव नदीमा बेपत्ता भएका २ बालकको शव गोताखोर टोलीले आज बिहान नदीबाट निकालेको जानकारी दिए ।

उनीहरूको खोजीका लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो । बेपत्तामध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ नै फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्