
काठमाडौं । चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्न उनी आज (मंगलबार)बिहान काठमाडौं आइपुगेका हुन् ।
एनएसएल आयोजकले ५२ वर्षीय रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । उनले बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् ।
सन १९९२ देखि २००६ सम्म ब्राजिलको राष्ट्रिय टीमबाट खेलेका आफ्नो समयका प्रभावशाली कार्लोसले ब्राजिललाई विश्वकपको उपाधी जिताएका थिए ।











