Logo
Logo

आदिवासी जनजाति युवा महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित


63
Shares

काठमाडौं । आदिवासी जनजाति युवा महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा किरण श्रेष्ठ निर्वाचित भएका छन् ।

महासंघको ६, ७ र ८ मा ओखलढुंगामा भएको छैठौं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा सिन्धुलीका श्रेष्ठ निर्वाचित भएका हुन् । निर्वाचनमा ६९ मत ल्याएर श्रेष्ठ विजयी भएको निर्वाचन संयोजक जि.एस. गुरूङले जानकारी दिए । श्रेष्ठका निकतम प्रतिद्वन्दि दोलखाका मानविर गुरूङले ४९ मत र गोरखाकी मञ्जु थापा मगरले २९ मत प्राप्त गरेका थिए ।

निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा शुभलाल राई, संघीय उपाध्यक्षमा मानराज गुरूङ, महिला उपाध्यक्षमा सुप्रिया राई, उपाध्यक्षमा देव वाहिङ्ग, महासचिवमा घाम्व तामाङ(मिलन), उपमहासचिवमा सुवास तामाङ र कोषाध्यक्षमा रम्बा शेर्पा निर्वाचित भएका छन् ।

सचिवहरूमा टार्जन सुनुवार, जितेन्द्र कुमार सिं दनुवार, योगेश मोक्तान, रेखा लोप्चन तामाङ, अर्जुन गुरूङ, पेमा वाङ्मो लामो र तुलबहादुर थापा मगर निर्वाचित भएका छन् । महाधिवेशनले ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्