
काठमाडौं । बेपत्ता र सत्यनिरुपण आयोगमा १० पदाधिकारीका लागि १११ जनाको आवेदन परेको छ ।
बेपत्ता पारिएको व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यका लागि व्यक्तिगत रुपमा ८२ जना र संस्थागत रुपमा २९ जनाको नामबाट सिफारिस समितिसमक्ष आवेदन परेको हो ।
कानुन मन्त्रालय मातहतको नाम सिफारिस समितिको सचिवालयले वैशाख ८ गतेको निर्णयबाट आयोगका अध्यक्ष र सदस्य पदका लागि परेका आवेदनको आधारमा नामावली सार्वजनिक गरेको छ ।
जसमा बाँकेका विजयसिंह सिजापति, प्युठानका डिल्लीराज आचार्य, धनुषाका नोगन्द्रलाल कर्ण, झापाका अग्निप्रसाद थपलिया, धादिङका गोपालप्रसाद लम्साल, पाल्पाका विश्वराज कोइराला, भक्तपुरका उमेश प्रसाद, काठमाडौंकी रेश्मा थापाले दुवै आयोगका अध्यक्ष र सदस्य पदमा आवेदन दिएका छन् ।
त्यसैगरी झापाका प्रा. डा. विष्णु पाठकले दुवै आयोगको अध्यक्ष पदमा मात्र आवेदन दिएका छन् । त्यस्तै जाजरकोटका अच्युत प्रसाद भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको मात्र अध्यक्ष र सदस्य पदमा आवेदन दिएका छन् ।
अन्य आवेदकहरुमा धादिङका राजेन्द्र सेन्चुरी, बझाङका सुन्दरबहादुर स्नेही (सेनी), इलामका कृष्णप्रसाद सुवेदी, बाँकेका गोपालनाथ योगी, कास्कीका विनोद मोहन आचार्य, डडेलधुराका कृष्णदत्त जोशी, कपिलवस्तुका डा. भेषराज आचार्य, बागलुङका कुलप्रसाद शर्मा, ललितपुरकी श्रीजना पोखरेल लगायत छन् ।
संस्थागत सिफारिसबाट मन्दिरा शर्माको नाम पहिलो नम्बरमा छ । उनको नामबाट सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्य दुवै पदमा आवेदन परेको छ ।
दुई आयोगमा आवेदन दिएकाहरुको सूचीः











