Logo
Logo

यथास्थितिवादी प्रवृत्तिका कारण प्रतिगमनको खतरा बढ्दै : नारायणकाजी श्रेष्ठ


378
Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादी प्रवृत्तिकै कारण प्रतिगमनकारी शक्तिहरू फेरि सक्रिय बन्दै गएको आरोप लगाएका छन् ।

मङ्गलवार काठमाडौँमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र अबको कार्यभार’ विषयक विचार गोष्ठीमा बोल्दै श्रेष्ठले यथास्थितिवाद सत्तालोलुपता, भ्रष्टाचार र निरंकुशताको मूल कारण बनेको बताए ।

‘सरकार स्वयं यथास्थितिवादको मुख्य वाहक बनेको हुँदा त्यस विरुद्ध सङ्घर्ष नगरी प्रतिगमन विरोधी आन्दोलन सफल हुन सक्दैन,’ श्रेष्ठले भने। उनले कम्युनिस्ट पार्टीहरूबिच एकता र ध्रुवीकरणको प्रक्रिया अघि बढाउँदै वामपन्थी धारालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औँल्याए ।

श्रेष्ठले संविधान कार्यान्वयन गर्दै सामाजिक तथा आर्थिक रूपान्तरणको मार्ग अवलम्बन गर्नुपर्ने धारणा राखे । साथै, सडक, सदन र सरकारको मोर्चालाई एकीकृत रूपमा उपयोग गर्दै शान्तिपूर्ण बाटोबाट समाजवाद उन्मुख समृद्धिलाई नेपालको मूल कार्यदिशा बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्