काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्ट पार्टीहरू एकता गर्ने कुरामा आफू नथाकेको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘पार्टी एकताको प्रस्ताव अघि सारेँ । तर, अवसरवाद र व्यक्तिवादका कारण त्यो सफल हुन सकेन । तर, हामी त्यसबाट थाकेका छैनौँ । आत्तिएका पनि छैनौँ । कम्युनिस्ट आन्दोलनको एकता छाडेका पनि छैनौँ । छाड्दा पनि छाड्दैनौँ ।’
प्रचण्डले सच्चा कम्युनिस्टलाई एक बनाउने जिम्मेवारी आफूहरूकै काँधमा रहेको रहेको बताए । उनले भने, सच्चा कम्युनिस्टलाई एकताबद्ध गर्ने जिम्मेवारी हाम्रै काँधमा छ । यो ऐतिहासिक सच्चाइ र तथ्यको कुरा हो । प्रतिक्रियावादीहरूले त माओवादी सिद्धिए भनेर घोषणा गर्छन् तर माओवादी सधैँ उठ्छ ।’











