काठमाडौं । काठमाडौँको तीनकुनेमा आयोजित पूर्वराजा समर्थकहरूको प्रदर्शनमा सहभागी भएर राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी रहेका छन् । उनलाई जोरपाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रायमाझी दुर्गा प्रसाईँ निकट भनेर चिनिन्छन् । उनी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।
रायमाझीविरुद्ध राज्य विरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने बताइएको छ । चैत १५ मा तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोमा रायमाझी सहित ७४ जना थुनामा छन् ।











