Logo
Logo

अतिरिक्त सचिवको विपक्षमा निजामती कर्मचारी सङ्गठन


441
Shares

काठमाडौं । निजामती कर्मचारी ट्रेड युनियनले अतिरिक्त सचिवको आवश्यकता नरहेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलवार बसेको बैठकमा बोल्दै युनियनका नेताहरूले यस्तो बताएका हुन् ।

‘अतिरिक्त सचिव किन चाहियो रु’ निजामती कर्मचारी सङ्गठनका महासचिव रामचन्द्र अधिकारीले भने । यो पद आवश्यक छ या छैन भन्ने विषयमा छलफल भइराखेको उल्लेख गर्दै उनले थपे, ‘अतिरिक्त सचिव राख्ने हो भने पनि अवधि नतोकी कसरी राख्ने ?’

आफूहरूको मागमा गम्भीर भइदिन युनियनका नेताहरू समितिलाई आग्रह गरेको छ । नेपाल निजामती कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष उत्तम कटुवालले ट्रेड युनियन यथावत् हुनुपर्ने बताए । आफूहरूका अन्य मागबारे सबै जानकार रहेको उल्लेख गर्दै उनले आन्दोलनमा जानुपर्ने अवस्था नबनाइदिन आग्रह गरे । निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ ।

नयाँ निजामती विधेयकमा अतिरिक्त सचिव पद पुनः सिर्जना गर्ने प्रस्ताव उपसमितिबाट पारित भएको छ । यो पद सहसचिवभन्दा माथि र सचिवभन्दा तल रहनेछ । अब सहसचिवबाट सिधै सचिव बन्न नपाइने र अतिरिक्त सचिव भएर मात्र सचिव हुने व्यवस्था हुनेछ । यो प्रावधान विधेयक लागू भएपछि कार्यान्वयनमा आउनेछ । नेपालमा यो पद २०४६ अगाडि र २०४९–२०५९ सालसम्म अभ्यासमा थियो । लामो समयपछि काँग्रेस सांसदहरूको प्रस्तावमा यो पद ब्युँताउने निर्णय भएको हो। 

प्रतिक्रिया दिनुहोस्