Logo
Logo

नेपाली ६ खेलाडीले एसियाली जुडोमा प्रतिस्पर्धा गर्ने


315
Shares

काठमाडौं । नेपाली खेलाडीले थाइल्याण्डको बैंककमा आयोजना हुने एसियाली जुडो च्याम्पियनसिपमा भाग लिने भएका छन् । ६ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नेछ । वैशाख १२ देखि १५ गतेसम्म हुने प्रतियोगितामा समान ३ महिलारपुरुष खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुष ६० केजीमुनि विकास विक, ६६ केजीमुनि विशेष विक र ९० केजीमुनि विपिन तामाङले प्रतिस्पर्धा गर्ने छन् । घरेलु प्रतियोगितामा विकास नेपाल पुलिस क्लब, विशेष एपिएफ र विपिन त्रिभुवन आर्मी क्लबबाट खेल्छन् ।

महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७० केजीमुनि रञ्जना खड्का सहभागी हुने छन् । दवकी बन्दी सहायता नियोग (पाम), मनिता पुलिस र रञ्जना एपिएफकी हुन् । ओलम्पिक समेत खेलिसकेकी मनिता पनि पामकै उत्पादन हुन् ।

टोलीको अफिसियलमा नेपाल जुडो सङ्घका महासचिव प्रकाशचन्द्र पाण्डे, प्रशिक्षकमा मोहन सुनुवार र सुनिता मगर तथा व्यवस्थापकमा तुलबहादुर थापा मगर रहेका छन् । आईटीका रुपमा सुप्रसिद्ध ताम्राकार पनि टोलीसंगै थाइल्यान्ड गएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आज टोलीलाई बिदाइ गरे । कार्यक्रममा मोबिजिल्लाले प्रायोजन गरेको ट्रयाक सुट, एयर पोड र डिस्काउन्ट भौचर पनि प्रदान गरिएको थियो ।

प्रतियोगिता दौरान हुने जुडो युनियन अफ एसियाको वार्षिक साधारण सभामा सहभागी हुन जुडो सङ्घका अध्यक्ष दीपकहर्ष वज्राचार्य सोमबारै थाइल्यान्ड प्रस्थान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्