Logo
Logo

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ


1.5k
Shares

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई सानागाउँ बस्ने ५९ वर्षीय पदम बहादुर तामाङ छन् । उनले आइतबार राति खुकुरी प्रहार गरी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेका थिए ।

सो घटनामा १० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदम घाइते छन् । उनीहरुको हात–खुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्