Logo
Logo

निजामती सेवा विधेयकमा माओवादीको तीन बुँदे असहमति


2.2k
Shares

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा नेकपा माओवादी केन्द्रले तीन बुँदे असहमति राखेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले असहमति जनाएका हुन् ।

कुलिङ पिरियड अतिरिक्त सचिव र भेटेरेनरीको तहका विषयमा उनले असहमति राखेका हुन् । हाल कुलिङ पिरियड एक वर्ष राख्नेगरी विधेयकको प्रतिवेदन तयार भएको छ । यसमा असहमति राख्दै पाण्डेले कुलिङ पिरियड कम्तीमा दुई वर्ष राख्नुपर्ने बताए ।

यस्तै, सचिव र सह–सचिवको संख्या यथावत राखेर अतिरिक्त सचिवको थप पद सिर्जना गर्ने प्रयास भएको भनेर पनि पाण्डेले असहमति राखे । यदि सचिव र सहसचिवको संख्या घटाउँदाको अवस्थामा भने अतिरिक्त सचिवको विषयमा छलफल गर्न सकिने उनको धारणा छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट आज संघीय निजामती सेवा विधेयक पास गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्