
काठमाडौं । भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर भारतीय विद्युत मन्त्री खट्टरले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
उनीहरुबीचको भेटमा दुई छिमेकी मुलुकबीचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्ला दिनमा दुई देशबीचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा पनि छलफल भएको र मन्त्री खट्टरले अरुण–३ जलविद्युत आयोजनालाई थप गति दिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।











