
काठमाडौं । गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न २१ जना रिहा भएका छन् । राजावादीको आन्दोलन हिंसात्मक बन्दा आगजनी तथा तोडफोडमा संलग्न २१ जनालाई बयान लिएर छाडेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बोलाएको बेलामा उपस्थित हुने गरी बयान लिएर छाडिएकोे जानकारी दिए ।
प्रहरी हिरासतबाट छुटेकाहरुमा सिन्धुली तिनपाटन गाउँपालिका–७ का १५ वर्षीया चित्रमाया बसेल, सोही स्थानकी १७ वर्षीया सस्मिता बराल, स्याङ्वा वालिङ नगरपालिका–१० का ५१ वर्षीय देव बहादुर थापा मगर, रौतहट माधवनारायण नगरपालिका–३ का २४ वर्षीय राज ठाकुर रहेका छन् ।
त्यस्तै २५ वर्षीय प्रसिद्ध मल्ल, नविन ढकाल, आलोक पराजुली, बरुण यादव, रञ्जित बस्नेत, डा. धवल शमशेर जबरा, ईरफान खान, गणेश बहादुर गुरुङ, विवेक खनाल, उपेन्द्र शाह, शरुन थापा, गणेश प्याकुरेल, स्टन लामा, एलिसा राई, भबिन्द बिसी, आशिक कुमार महतो र गोविन्द राय रिहा भएका छन् ।











