
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ । यसअघि वैशाख ११ गतेका लागि तय भएको परीक्षा शिक्षकहरूले बहिष्कार गरेपछि सरकारले मंगलबार परीक्षा सार्ने निर्णय गरेको थियो । लगत्तै आज बोर्डले नयाँ परीक्षा तालिका सार्वजनिक गरेको हो ।
शिक्षा ऐन जारी गर्नुपर्नेसहितका माग राखेर काठमाडौ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले सडकबाटै परीक्षामा सहभागी नहुने निर्णय गरेपछि सरकारले निजामती कर्मचारीलाई खटाएर भएपनि तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो । तर निजामती कर्मचारी ट्रेड युनियनले सरकारलाई उल्टै आन्दोलनको चेतावनी दिएपछि सरकार परीक्षा सार्न बाध्य भएको थियो ।
नयाँ परीक्षा तालिकाः













