Logo
Logo

एमालेले स्व नेता दयाराज बस्यालको सम्झनामा स्मृति प्रतिष्ठान बनाउने


दयाराज न्यौपाने

11.6k
Shares

पाल्पा । नेकपा एमालेले स्व. नेता दयाराज बस्यालको स्मृति प्रतिष्ठान बनाउने भएको छ । कम्युनिष्ट योद्धाका रूपमा उनलाई सम्मान गर्दै दयाराज बस्याल समृति प्रतिष्ठान बनाउने निर्णय भएको नेकपा एमाले प्रदेश सदस्य टीकाबहादुर थापाले बताए ।

दयाराज बस्याल समृति प्रतिष्ठान गठन गर्ने कार्ययोजना सहित गाउँकमिटी अध्यक्ष डेन्जीङ रायमाझीको संयोजकत्वमा समिति समेत गठन गरि काम सुरु भएको छ ।

मंगलबार नेकपा एमाले गाउँ कमिटीले आयोजना गरेको नेकपाको ७६औँ स्थापना दिवस कार्यक्रममा उक्त निर्णय भएको अध्यक्ष डेन्जीङ रायामाझीले जानकारी दिए । नेकपा एमाले जिल्ला सदस्य हरिप्रसाद पाठकले स्मृति प्रतिष्ठानले दयाराज बस्यालको स्मृति ताजा राख्ने आदर्शहरूलाई पछ्याएर उनको सम्झना ताजा बनाउन सहयोग पुग्ने विचार व्यक्त गरे ।

बस्याल शिक्षक संगठनको नेतृत्वमा रहदा तत्कालीन सरकारले उनलाइ बरखास्त गरेको थियो । तर पनि उनी कतै विचलित नभई निरन्तर राजनीतिमा लागे । पटक–पटक जेल जीवन बिताएका बस्याल ०४३ सालमा जनपक्षिय राष्ट्रिय पञ्चायतको सदस्य, ०४८ सालमा नेकपा एमालेको तर्फबाट क्षेत्र नम्बर २ बाट संसद् उम्मेदवार भएका थिए । तर, उनी पराजित भएका थिए ।

२०५४ सालमा नेकपा एमालेको पाल्पा जिल्ला सचिव भएका बस्याल एमालेको तर्फबाट २०७४ सालका स्थानीय निर्वाचनमा बगनासकाली गाउँपालिका–६, यम्घाको सदस्यमा निर्वाचित भई पछि जिसस प्रमुख भएका थिए । प्रमुख भएकै समयमा ६८ वर्षको उमेरमा २०७६ मंसीर ५गते उनको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्