Logo
Logo

शर्मिला वाइवालाई कुटपिट गर्ने दुई जना पक्राउ


0
Shares

काठमाडौं । आफुलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबालाई कुटपिट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुरकी ३५ वर्षिया शर्मिला श्रेष्ठ (राई) र भक्तपुरका ४२ वर्षिय बाबु भन्ने कुवेर सिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।

गत वैशाख ३ गते गोठाटारको पहेँलो पुलनजिक मन्दिर अगाडी वाइवामाथि फलामको रडले आक्रमण भएको थियो । त्यसपछि उनीहरुबविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा प्रहरी वृत्त बानेश्वरमा जाहेरी परेपछि उनीहरुलाई प्रहरीले आज पक्राउ गरेको हो । दुवैलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्