Logo
Logo

भारतका विद्युतमन्त्रीले भेटे उपप्रधानमन्त्री सिंह


441
Shares

काठमाडौं । विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भेट गरेका छन् ।

मन्त्री खट्टरले आज उपप्रधानमन्त्री सिंहलाई सहरी विकास मन्त्रालयमा भेट गरेका हुन् । भेटमा दुई देशको हित, पारस्परिकसम्बन्ध र सहरीकरणको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

भारतले सहरी विकासको क्षेत्रमा पछिल्लो समय गरेको प्रगति, फोहरमैला व्यवस्थापन र सहरी यातायातमा हासिल गरेको उपलब्धिको अनुभव आदानप्रदान गर्ने र आगामी दिनमा यिनै विषयमा सहकार्यका बारेमा सकारात्मक छलफल भएको मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिए ।

नेपाल र भारत सरकारबीच सहरीकरणका अनुभव आदानप्रदान र सहायता परिचालनका लागि एमओयू तयार भइरहेको र त्यसमा सहमति भएपछि सहरी विकासको क्षेत्रमा दुई देशबीच औपचारिक सहकार्य अघि बढ्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्