काठमाडौं । पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार भएको दोस्रो क्वालिफायरमा धनगढीलाई १-० गोल अन्तरले पराजित गर्दै पोखराले फाइनलमा स्थान पक्का गरेको हो ।
स्टेफन विनोङको निर्णायक गोलमा पोखरा फाइनलमा पुगेको हो । अतिरिक्त समयको तेस्रो मिनेटमा विनोङले निर्णायक गोल गरेका हुन् ।अब पोखराले उपाधिका लागि ललितपुर सिटीसँग शनिवार खेल्नेछ ।
एलिमिनेटर खेलमा पोखराले चितवनलाई ३-० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो। धनगढी पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २-१ ले पराजित भएको थियो।
यसैबीच आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस दशरथ रङ्गशाला पुगेका छन् । कार्लोस मंगलबार बिहान एनएसएल हेर्न काठमाडौं आइपुगेका थिए ।











