Logo
Logo

जसपा नेपालले कोशी नाम खारेजी विषयक गोष्ठी गर्ने


63
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ । आगामी बैशाख २० गते सुनसरीको धरानमा कार्यशाला गोष्ठी गर्ने निर्णय भएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उक्त गोष्ठीलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य ताजूब लिम्बूको संयोजकत्वमा व्यवस्थापन समिति, केन्द्रीय सदस्य कुन्ता राईको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य कमन देवान याक्खाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । सो कार्यक्रममा पार्टीको तर्फबाट आन्दोलनको अवधारणा पत्र प्रस्तुत गर्ने तयारी रहेको बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्