काठमाडौं । हाल नेपालमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
बिहीबार राति कोशी, गडकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।
आगामी तीन दिन उल्लेखनीय पानी पार्ने प्रणाली सक्रिय नहुने मौसमविद्ले बताएका छन् । आउँदो शनिबारबाट मात्रै पानी पार्ने प्रणाली सक्रिय हुनेछ । त्यसपछि देशका विभिन्न ठाउँमा वर्षा हुने पूर्वानुमान पनि गरिएको छ ।
त्यस्तै मौसमविद्हरूले सुदूरपश्चिम प्रदेशका केही केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको बताएका छन् । आगामी तीन दिन अझै तापक्रम बढ्ने भएकाले तातो हावा चल्न सक्ने चेतावनी दिइएको छ ।











