Logo
Logo

कागेश्वरीमा पुरिएर एकको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ साउन । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।
कार्कीका अनुुसार आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जंगलमा गएका थिए, त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्