Logo
Logo

भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज


8.1k
Shares

काठमाडौं । भारत प्रशासित जम्मु कश्मीरमा मंगलबार एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ । साथै, पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गर्ने निर्णय गरेको छ ।

भारतीय मिडियाका अनुसार बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच निर्णयहरु गरेको छ । जसमध्ये पाकिस्तानसँगको १९६० को सिन्धु जल सम्झौता खारेज गर्नेे, अटारी चेकपोस्ट बन्द गर्ने तथा पाकिस्तानी नागरिकलाई मे १ सम्ममा भारत छाड्न निर्देशन दिने निर्णय गरेको ‘द हिन्दू’ले उल्लेख गरेको छ ।

सिन्धु जलसम्झौता के हो ?

विश्व बैंकको मध्यस्थतामा भारत र पाकिस्तानबीच सन् १९६० सेप्टेम्बर १९ मा सिन्धु जल सम्झौता भएको थियो । सिन्धु नदी प्रणालीका इन्द्रावती, झेलम र चिनाब नदीहरुको पानी बाँडफाँट सम्बन्धी यो एक ऐतिहासिक सम्झौता हो ।

जवाहरलाल नेहरुको पालामा भएको यो सम्झौता दुई देशका जलस्रोत व्यवस्थापनलाई लिएर विश्वकै सफल द्विपक्षीय सम्झौतामध्ये एक मानिन्छ । यो सम्झौता अनुसार पाकिस्तानले ८० प्रतिशत पानी प्रयोग गर्दछ ।

यो सम्झौता रद्द हुँदा भारतले पानी आपूर्ति रोक्ने, बाँध बाँध्ने वा अन्त कतै मोड्न सक्छ, जसले पाकिस्तानको कृषि, पिउने पानी र उद्योग कलकारखानामा असर पुग्न सक्छ ।

त्यसैले सिन्धु जल सम्झौता रद्द गर्ने निर्णयलाई असामान्य मानिएको छ । यसले दुई देशबीचको शक्ति सन्तुलन, जल नीति र सुरक्षा नीतिमा गहिरो असर पार्न सक्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्