Logo
Logo

भारतले बन्द गर्यो पाकिस्तानसँगको मुख्य सीमा


1.1k
Shares

काठमाडौं । भारतले पाकिस्तानसँगको मुख्य सीमा नाका बन्द गरेको छ । कश्मीर आक्रमणको एक दिनपछि भारतले पाकिस्तानलाई लक्षित गर्दै मुख्य सीमानाका बन्द गरेको हो ।

मंगलबार कश्मीरको पर्यटकीयस्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपालीसहित २८ सर्वसाधरणलाई मारेको थियो । यस घटनाकाो जिम्मेवार पाकिस्तानलाई ठह¥याउँदै भारत सरकारले दुई देशलाई जोड्ने मुख्य सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।

साथै भारतले ऐतिहासिक जलवितरण सन्धि निलम्बन गर्ने पाकिस्तानी कुटनीतिक कर्मचारीहरूलाई निष्कासन गर्ने र केही पाकिस्तानी भिसा भएकाहरूलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिनेलगायत निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्