Logo
Logo

कश्मीरमा आतंकवादीद्वारा मारिएका सुदिपको आजै अन्त्येष्टि गरिने


882
Shares

बुटवल । भारत प्रशासित जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मारिएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ । उनको शव अहिले बुटवल कालिकानगरस्थित घरमा राखिएको छ ।

न्यौपानेकाे दाहसंस्कार आजै नवलपरासी त्रिवेणीमा गरिने पारिवारले तयारी गरेको छ । शवलाई दिल्लीबाट लखनउसम्म हवाईमार्ग र त्यहाँबाट बुटवलसम्म स्थलमार्ग हुँदै ल्याइएको थियो । बिहान भारतीय पक्षले रुपन्देहीको प्रशासन रोहबरमा शवको जिम्मा लगाएको थियो ।

न्यौपाने शनिबार आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका थिए । त्यहाँ भएको आतंकवादी आक्रमणमा उनीसहित २६ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्