
काठमाडौं । भारतको जम्मू–काश्मिरको पाहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको त्रिवेणीमा अन्तेष्टि गरिएको छ ।
मंगलबार आतंककारीहरूको आक्रमणमा मृत्यु भएका बुटवल–११, कालिकानगरका सुदीप न्यौपानेको शव बिहीबार बिहानै गृहनगर ल्याइएको थियो । उनको शव दिल्ली हुँदै लखनउ ल्याइएको थियो । त्यहाँबाट नेपाल भारतको सीमा सुनौली हुँदै बुटवलसम्म शव ल्याइएको हो ।
निवासमा केहिबेर राखेपछि अन्तेष्टिका लागि न्यौपानेको शव त्रिवेणीमा पुराइएको थियो । सुदीप आमा, बहिनी र ज्वाईं सहित घुम्न कश्मीर जगएका बेला आतंकवादी आक्रमणमा परि न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो ।











