Logo
Logo

नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूसँग वार्ता सुरु


441
Shares

काठमाडौं । नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूले स्वास्थ्य मन्त्रीसँग वार्ता सुरु गरेका छन् । वार्ता मन्त्रालयमा जारी छ ।

वार्तामा स्वास्थमन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा.अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा.मङ्गल रावल लगायत छन् ।

सरकारी सरह निर्वाह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू विरोध प्रदर्शन गर्दै आएका छन् ।  उनीहरूले शुक्रवार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्ण रूपमा बन्द रहने आवासीय चिकित्सकहरूले बताएका छन् । 

चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औँ बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेपछि आवासीय चिकित्सकहरूले अझै कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्