Logo
Logo

भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने


1k
Shares

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रवार) को संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् । भोलिबाट बजेट अधिवेशन सुरु हुँदै छ । उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

सङ्घीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि (शुक्रवार)देखि सुरु हुँदै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले भोलि दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्