Logo
Logo

शिक्षक आन्दोलन २३ औँ दिनमा


315
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित विभिन्न माग राख्दै शिक्षकहरुले सुरु गरेको आन्दोलन २३ औँ दिनमा पुगेको छ । गत चैत २० गतेदेखि सुरु भएको आन्दोलन हाल काठमाडौँमा केन्द्रीत भइरहेको छ ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेका आन्दोलनकारी शिक्षकहरु बिहीबार पनि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा छाता ओढेर चर्को घाममा प्रदर्शनमा उत्रिएका छन् । सरकारद्वारा आन्दोलन स्थगनको आग्रह गरिएको भए पनि मागप्रति तदारुकता नदेखाएको भन्दै आन्दोलनकारीहरु पछि हटेका छैनन् ।

शिक्षक र सरकारबीच पटक–पटक वार्ता भए पनि अहिलेसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन । यसैबीच शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मात्र रघुजी पन्तलाई नयाँ शिक्षामन्त्रीमा नियुक्त गरेका छन् । शिक्षकहरुले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने स्पष्ट अडान लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्