Logo
Logo

भारतले ब्लक गर्‍यो पाकिस्तान सरकारको एक्स अकाउन्ट


1.8k
Shares

काठमाडौं ।  भारतले जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि पाकिस्तान सरकारको आधिकारिक एक्स (पूर्व ट्विटर) अकाउन्टलाई भारतभर ब्लक गरेको छ । भारतीय मिडियाका अनुसार उक्त अकाउन्ट भारतभित्र अब पहुँचयोग्य छैन ।

पहलगाममा भएको सो आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो । घटनापछि भारतले कडा कूटनीतिक र प्राविधिक प्रतिक्रिया दिएको छ । भारतले सिन्धु जल सम्झौता निलम्बन गर्नुका साथै पाकिस्तानका वरिष्ठ कूटनीतिक कर्मचारीलाई देश निकाला गर्ने निर्णय गरिसकेको छ । साथै, भारतमा रहेका पाकिस्तानी नागरिकलाई तत्काल स्वदेश फर्कन भनिएको छ ।

भारतले पाकिस्तानमाथि सीमा पार आतङ्कवादलाई आश्रय र समर्थन दिएको आरोप लगाउँदै कडा कारबाहीको तयारी गरेको छ । पाकिस्तान सरकारले भने पहलगाम घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । भारतको प्रतिक्रिया सार्वजनिक भएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले वरिष्ठ सुरक्षा अधिकारीहरूको आपत्कालीन बैठक बोलाएका छन् । भारत–पाकिस्तानबीचको यो तनावले दुवै देशबिच कूटनीतिक सम्बन्ध थप बिग्रने सङ्केत देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्