Logo
Logo

नक्सा पास प्रक्रिया गुरागाईँको भूमिका माथि बालेनको प्रश्न


1.2k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि नक्सा पास प्रक्रियामा शङ्कास्पद गतिविधि गरेको गम्भीर आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा उनले काठमाडौँ टावरको नक्सा पास विषयमा गुरागाईँले जिम्मेवारी सम्हालेको दोस्रो दिनमै नियम विपरीत कार्य गरेको दाबी गरेका हुन्। शाहका अनुसार अघिल्ला प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया नपुगेको भन्दै फिर्ता पठाएको फाइल गुरागाईँले विभागीय प्रमुखलाई समेत जानकारी नदिई एकल निर्णयमा सदर गरेका थिए ।

‘सम्बन्धित विभागीय प्रमुखलाई थाहा नदिई नक्सा पास गर्नुको कारण के थियोरु दुई दिनमै यति महत्त्वपूर्ण निर्णय लिनु पर्ने दबाब किन थियोरु केही त पक्कै थियो, होइन भने लुकाएर गर्नु हुन्नथ्यो,’ शाहले लेखेका छन् ।

उनले आफूले समयमै कदम चालेर महानगरलाई १ अर्बभन्दा बढीको सम्भावित क्षति हुनबाट जोगाएको पनि दाबी गरेका छन् । शाहले गुरागाईँले विवादित हिल्टन होटलको नक्सा पास पनि सोही दिन गराएको र त्यस विषयमा हाल सचिवालयले अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

‘यसबाहेक थाहा नभएका गल्तीहरू पनि क्रमशः बाहिर आउनेछन् । महानगरमा गल्ती गर्ने कसैलाई छुट छैन,’ शाहको चेतावनी छ। शाहले लोकतन्त्र दिवस भ्रष्टाचाररहित समाजका लागि मनाउन पाउनु भन्ने आशा व्यक्त गर्दै सन्देशमा कटाक्ष पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्