
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले बुधवार पन्तलाई मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि ८ वैशाखमा तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् । पन्त नेकपा (एमाले)का समानुपातिक प्रतिनिधिसभा सांसद हुन् ।











