काठमाडौं । प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने नेपाल विद्यार्थी सङ्घका नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा नेविसंघ केन्द्रीय सदस्य विनोदराज जोशी, विवेक आचार्य, उपाशना अधिकारी, आरआर क्याम्पस ईकाइ सभापति जितेन्द्र तिमिल्सिना, नेविसंघ अस्कल क्याम्पस नेता सुमित भट्टराई, नेविसंघ नेपाल ल क्याम्पसका नेताहरु मनिष भट्टराई र आदर्श तिवारी, नेविसंघ काठमाडौँ स्कुल अफ ल का नेता हिमाल विष्ट रहेका छन् ।
उनीहरूले प्रदर्शन गर्दै प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई अनावश्यक दबाब दिएर राजीनामा दिन बाध्य बनाएको बताएका थिए । शिक्षामन्त्रीलाई असहयोग गरेर राजीनामा दिन बाध्य बनाएको, शिक्षकका मागहरू पूरा गर्न तत्परता नदेखाएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।











