काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज रॉयल च्यालेन्जर्स बेंगलुरु आरसिबि र राजस्थान रोयल्स आरआर खेल्दै छन् । यि दुईबीचको बेंगलुरुस्थित एम.चिन्नास्वामी स्टेडियममा हुँदै छ ।

आरसीबीले आफ्नो घरेलु मैदानमा पहिलो जितको खोजीमा रहेको छ । किनकि यस सिजनमा घरेलु मैदानमा तीन खेल खेलेर सबैमा पराजित भएको छ । अर्कोतर्फ, राजस्थान रोयल्सले पछिल्लो खेलमा आरसीबीसँग ९ विकेटले पराजित भएको बदला लिन चाहन्छ ।
आरसिबी अङ्कतालिकाको चौथो स्थानमा रहेको छ भने आरआर आठौँ स्थानमा रहेको छ । आरसिबीले यसपटको आइपिएलमा अहिलेसम्म ८ खेलमा ५खेल जितेको छ । आरआरले ८ खेलमा जम्मा दुई खेल मात्रै जितेको छ ।
आइपिएलमा ३३ खेल हुँदा आरआरले १४ खेलमा आरसिबीलाई पराजित गरेको छ भने आरसिबीले आरआरलाई १६ पटक हराएको छ । खेल नेपाली समय अनुसार साँझ ७ : ३० बजेबाट सुरु हुने छ ।











