Logo
Logo

ट्रम्पले पुटिनलाई भने- युक्रेनमाथि आक्रमण रोक, अब शान्ति सम्झौता गरौँ


एजेन्सी

1.4k
Shares

कीभ । कीभमा भएको घातक रुसी मिसाइल आक्रमणपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आक्रमण रोक्न आग्रह गरेका छन् । आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ र ९० भन्दा बढी घाइते भएका छन् ।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म कीभमाथिको रुसी आक्रमणबाट खुशी छैन । यो अनावश्यक र गलत समय हो । भ्लादिमिर, रोक ! शान्ति सम्झौता गरौं ।’ उनका विशेष दूत स्टिभ विटकोफ चाँडै रूस भ्रमणमा जाने र पुटिनसँग वार्ता गर्ने तयारीमा छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि आफ्ना सहयोगी राष्ट्रहरूलाई रूसमाथि थप दबाब दिन आग्रह गर्दै आक्रमणलाई ’सबैभन्दा घातक र दुस्साहसी’ भनेका छन् ।

कीभमा रातभरि ७० भन्दा बढी मिसाइल र १४५ ड्रोन प्रहार गरिएका थिए । रूसी पक्षले भने ती आक्रमण युक्रेनको रक्षा उद्योगका लक्ष्यहरूमा केन्द्रित भएको दाबी गरेको छ । यस आक्रमणले ट्रम्पको युद्ध रोक्ने प्रयासमा थप चुनौती थपिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्