
काठमाडौं । देशका अधिकांश भूभागमा गर्मी बढ्न थालेको छ । अन्य क्षेत्रको तुलनामा भन्दा आज लुम्बिनी, मधेस प्रदेशलगायत तराईका क्षेत्रमा गर्मी बढ्नेछ ।
हिजोबाट तराईका केही स्थानमा तातो हावाको लहर चलिरहेको छ । मौसमविद् सरोज पुडासैनीले आज धनगढी, नेपालगञ्ज र भैरहवाको तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जानकारी दिए ।
उनले भने, ‘आज धनगढी र नेपालगञ्जमा ३९ देखि ४१, भैरहवामा ४० देखि ४२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने देखिन्छ ।’
काठमाडौंमा हिजो अधिकतम तापक्रम ३३.५ रहेकोमा आज ३२ देखि ३४ डिग्री सेल्सियल्स पुग्ने पूर्वानुमान रहेको उनले जानकारी दिए ।











