काठमाडौं, ५ साउन ।
भदौ १ गतेदेखि सरकारले आन्तरिक उडान खोल्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पुरा गरी आन्तरिक उडान सुचारु गर्ने निर्णय भएको एक मन्त्रीले जनाएको छ । मापदण्ड पर्यटन मन्त्रालयले तय गर्ने छ ।
त्यस्तै लकडाउन थप खुकुलो बनाई रोकिएका अन्य व्यवसाय पनि सञ्चालन गर्न दिने निर्णय पनि भएको छ ।