Logo
Logo

आज स्वदेश फर्किँदै देउवा दम्पती


2.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैछन् । परिवारका अन्य सदस्यसहित यही वैशाख ७ गते थाइल्याण्ड गएका देउवा दम्पती आज स्वदेश फर्किन लागेका हुन् ।

देउवा दम्पती आज दिउँसो १२ बजे काठमाडौं फर्किने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसिच कृष्णप्रसदा पौडेलले जानकारी दिए । देउवा उपचारको लागि भन्दै बैंकक गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप) को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड गएकी हुन् ।

संसद्को प्रमुख प्रतिपक्षी शक्ति माओवादी केन्द्रसहित सत्तारुढ कांग्रेसकै केही नेताले वर्तमान सरकार फेरबदलको चर्चा तीव्र बनाइरहेका बेला देउवा दम्पती स्वदेश फर्किन लागेका हुन् । राजनीतिक बृतमा देउवा वर्तमान राजनीतिक कोर्स फेरवदलको गृहकार्यकै लागि थाइल्यान्ड गएकोसमेत चर्चा भइरहेको छ ।

गभर्नर नियुक्तिमा ढिलाइ, शिक्षक आन्दोलन सम्बोधनमा आलटाल, न्यूनतम काममा समेत अक्षमता प्रदर्शन, एकपछि अर्को बदनामी कमाउने निर्णयजस्ता कारणले कांग्रेस–एमालेले मिलेर बनाएको सरकार नौ महिनामै संकटमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्