Logo
Logo

सुनको मूल्य घट्यो


1k
Shares

काठमाडौं । सुनको मूल्य आज तोलामा रू एक हजार घटेको छ । बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्