गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन् । आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकामा आयोपज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘चुनावमा मैले तपाईंहरूसँग गरेका वाचा कहिल्यै भुलेको छैन । सरकारले हुँदा ती वाचा पूरा गर्न इमान्दार प्रयास गरियो । जे सकियो, ग¥यौँ । त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ ।’ उनले अहिलेसम्म उठाइएका प्रश्नहरू प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा संसदमा उठाउँदै आएको सुनाए ।
बैठकमा कार्यपालिका सदस्य तथा गाउँपालिका अध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाएका थिए । सो क्रममा प्रचण्डले यस्तो जवाफ दिएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले क्षेत्रीय भेदभाव नगर्न अनुरोध गरेको थिए । ‘यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ । तपाईंहरूले उठाएका माग आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु’ उनले भने । मुख्यमन्त्री पाण्डेले अध्यक्ष प्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो पोखेका थिए ।











