काठमाडौं । भारत प्रशासित जम्मु–कश्मीरमा नियन्त्रण रेखा (एलओसी)का केही क्षेत्रमा पाकिस्तानी सेनाले गोलीबारी गरेको भारतले आरोप लगाएको छ । त्यसको जवाफी भारतीय सेनाले गरेको बताइएको छ ।

भारतीय मिडिया हिन्दुस्तान टाइम्सका अनुसार सीमा क्षेत्रमा गोदाबारी भएपनि त्यसबाट क्षति भयो कि भएन भन्ने विवरण आइसकेको छैन । भारतले पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा सेनाको तैनाथी बढाइएको छ ।
जम्मु कश्मीरको पहलगाममा मंगलबार पर्यटकलाई लक्षित गरी आतंकवादी हमला भएको थियो । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । उक्त घटनापछि भारत पाकिस्तान सीमा क्षेत्रमा भारतले सैनिक अप्रेसन जारी राखेको छ ।











